नेप्सेमा घट्दो क्रम जारी, ३.४३ अंकको गिरावट!

बुधबार नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३२२ कम्पनीको कुल ६४ लाख ८१ हजार ८३४ कित्ता सेयरको करिब २ अर्ब ५३ करोड ६२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १०३ कम्पनीको सेयर मूल्य बढेको छ, १३२ कम्पनीको मूल्यमा गिरावट छ भने, १० कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक  घटेको छ भने ३ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा रिभर फल्स् पावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ४.४०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा सूर्य ज्योती लाइफ इन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड ८० लाख बराबरको सेयर कारोबार भएको छ।  

Comments

Back to top