रोजगारीका अवसर खोज्न सामाजिक सञ्जाल लिंक्डइनको प्रयोग बढ्दो

लाखौँ व्यक्तिले पछिल्लो समय रोजगारीका अवसर खोज्नका लागि सामाजिक सञ्जाल लिंक्डइनको प्रयोग गर्न थालेका छन् । माइक्रोसफ्टको स्वामित्वमा रहेको सामाजिक सञ्जाल लिंक्डइनमा केही रमाइला सुविधा अर्थात् फिचरहरू थप्ने तयारीसमेत भइरहेको समूहले जनाएको छ ।

जागिर खोजीमा रहेका व्यक्तिलाई अब गेमिङको सुविधा पनि थप्न लागिएको कम्पनीलाई उद्धृत गरी टेकक्रन्चले जनाएको छ । अन्य सामाजिक सञ्जालले यसअघि नै आफ्ना प्रयोगकर्तालाई मनोरञ्जनका लागि अनलाइन गेमहरू समावेश गरेका छन् ।

लिंक्डइनमा आउने भनिएका गेमिङ फिचरबारे पनि चासो बढेको छ । एजेन्सी

Comments

Back to top