सेगवेको नयाँ वर्ष अफर, स्कुटर किन्दा २५ हजारसम्मको छुट

सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहबले नयाँ वर्षको अवसरमासेगवेका इ–स्कुटरहरूमा विशेष छुटको अफर ल्याएको छ।

चैत १९ देखि वैशाख १८ गतेसम्म खरिद गर्ने सेगवेका विभिन्न मोडलहरूमा छुटको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

नयाँ वर्षको अवसरमा ग्राहकहरूले इ१२५ र इ११०एल मा २५ हजार रुपैयाँसम्म, इ१०० मा २० हजार रुपैयाँसम्म र एन१०० मा १५ हजार रुपैयाँसम्मको छुट पाउनेछन्।

यसका साथै थप, सेगवले ग्राहकहरूलाई प्रतिष्ठित क्लब हिमालय नगरकोटमा एक रात, दुई दिनको बसाइ र स्कूटरका एक्सेसरीजहरू जित्ने मौका प्रदान गर्दैछ।

ग्राहकहरू उपत्यकाभित्रका दरबारमार्गस्थित राइजिङ मल, ललितपुरको झम्सीखेल र भक्तपुरको सल्लाघारी लगायत उपत्यका बाहिरका पोखरा, बुटवल, चितवन, हेटौंडा, धनगढी, इटहरी र लहानमा शोरुममा गइ योजनाको फाइदा लिन सक्नेछन्। एजेन्सी

Comments

Back to top