नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । मंगलबार सम्पन्न ३७औं वार्षिक साधारण सभामा यस्तो जानकारी गराइएको हो ।

आर्थिक वर्ष २०७९/८० को मध्यतिर अर्थात् २७ पुस २०७९ देखि साविक मेगा बैंक नेपालसँग मर्जरको कारणले आयरव्ययको रकम अघिल्लो वर्षसँग तुलना नगरिएको बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा साविक नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको गरी कुल निक्षेप ३ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा १६ अर्ब ९७ करोड रुपैयाँले वृद्धि भई आव २०७९/८० को अन्त्यमा ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ ।

त्यसैगरी आव २०७९/८० को अन्त्यमा बैंकको कुल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ कायम रहेको छ । एजेन्सी

Comments

Back to top