नेप्सेमा झिनो अंकको गिरावट, १०९ कम्पनीको सेयर मूल्यमा वृद्धि!

मंगलबार नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३१२ कम्पनीको कुल ६१ लाख ३१ हजार ६२१ कित्ता सेयरको करिब २ अर्ब २९ करोड १६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १०९ कम्पनीको सेयर मूल्य बढेको छ, १२७ कम्पनीको मूल्यमा गिरावट छ भने, ८ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ७ उपसमूहको परिसूचक  घटेको छ भने ६ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

 

 

यस दिन टप गेनरमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा ज्योती विकास बैँक बन्ड २०८७ लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.५०% ले घटेको छ। कारोबार रकमका आधारमा गुर्खाज फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ९८ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै प्रभु सेलेक्ट फण्डको कारोबार भयो।

Comments

Back to top