कस्तो स्वास्थ्य समस्यामा दूध पिउनु हुँदैन ?

दूध धेरै पोषक तत्वले भरपूर हुन्छ । त्यसैले शरीरलाई फिट राख्न नियमित रुपमा दूध पिउनु फाइदाजनक हुन्छ ।

तर, के तपाईंलाई थाहा छ शरीरसँग जोडिएका केही त्यस्ता समस्या छन् जसमा दूध पिउनु हानिकारक पनि हुन सक्छ ।

यदि तपाईंलाई दूध तथा दूधबाट बनेका चीज खाँदा पेटमा समस्या हुन्छ, वान्ता आउँछ भने पनि सावधानी अपनाउनु पर्छ ।

कतिपय मानिसलाई दूधको एलर्जी हुने भएकाले वान्ता आउने तथा दिशामा रगत आउने जस्तो समस्या हुन्छ। त्यस्ता व्यक्ति दूध पिउनबाट बच्नुपर्छ ।

यदि तपाईंलाई पाचनसँग जोडिएका समस्या भइरहन्छन् भने पनि दूध पिउनुहुँदैन । दूध पिउँदा कतिपयलाई ग्यास्ट्रिक, अपच, कब्जियत आदि समस्या हुन सक्छन् ।

यदि तपाईंलाई दूध पिउँदा डन्डीफोर आउने समस्या छ भने पनि सचेत हुनु पर्छ । दूध पिउन नछोड्दा यस्तो छालाको समस्या अझै बढ्ने सम्भावना हुन्छ ।

शरीर सुन्निने समस्या हुँदा पनि दूध पिउनु हुँदैन । यस्तो अवस्थामा दूध तपाईंको स्वास्थ्यका लागि अझै नोक्सानदायक हुन सक्छ ।

हर्मोनल असन्तुलनको समस्या हुँदा पनि दूध पिउनु नोक्सानदायक सावित हुन सक्छ । यसले शरीरमा इन्सुलिन र हर्मोनको स्तरमा प्रभाव पर्दछ । एजेन्सी

Comments

Back to top