एनआईसी एसिया बैंकको डिजिटल कारोबार ९५ प्रतिशत पुग्यो
एनआईसी एसिया बैंकले आफ्नो डिजिटल कारोबारलाई ९५ प्रतिशत पुर्याएको छ ।बैंकले डिजिटल कारोबारका हरेक प्लेटफर्ममा इनोभेटिभ प्रोडक्टहरु ल्याउँदै आफ्नो डिजिटल कारोबारलाई ९५ प्रतिशत पुर्याएको दाबी गरेको हो ।
मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग सेवामा विभिन्न सुविधाहरू उपलब्ध गराउँदै बैंकले ‘डिजिटल फस्ट बैंक’ नीतिमा अगाडि बढिरहेको बैंकले जनाएको छ ।
बैंकले ‘फिजिकल फस्ट’लाई विस्थापित गर्दै ‘डिजिटल फस्ट’अवधारणालाई प्राथमिकताका साथ अगाडि बढाएको छ । एजेन्सी
Comments