नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा आज

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभा आज चैत्र २० गते मंगलबार बस्दैछ ।

साधारण सभाले गत आर्थिक वर्षको प्रतिवेदन, वासलात, नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक तोक्नेछ ।

साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक निवार्चन गर्ने एजेण्डा राखेको थियो ।

सो एजेण्डा बैंकले हटाउने भएको छ । सर्वोच्च अदालतले निर्वाचन रोक्न बैंकलाई निर्देशन दिएसँगै बैंकले सामान्य प्रस्तावको बुँदा नं ५ अन्तर्गतको संस्थापक शेयरधनीको तर्फबाट चार जना र सर्वसाधारण शेयरधनीको तर्फबाट दुईजना संचालकलार्य निर्वाचन गराउने प्रस्ताव अदालतको आदेशको कारण निर्वाचनको प्रकृया हाललाई स्थगीत गरिएको बैंकका कम्पनी सचिव मनिष कुमार सिंहले जानकारी दिएका छन् ।

सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि बुक क्लोज गरिसकेको छ । जसअनुसार फागुन २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा उपस्थित हुन योग्य हुनेछन् ।बैंकको साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहानको १० बजेदेखि सुरु हुनेछ । एजेन्सी

Comments

Back to top