नेप्से परिसूचकमा ६.२६ अंकको गिरावट, २ अर्ब ८७ करोडको कारोबार!

सोमबार नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३१५ कम्पनीको कुल ७२ लाख ९० हजार २०० कित्ता सेयरको करिब २ अर्ब ८७ करोड ४७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ८६ कम्पनीको सेयर मूल्य बढेको छ, १५१ कम्पनीको मूल्यमा गिरावट छ भने, ८ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक  घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र माइ खोला हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा रिभर फल्स् पावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९८% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा सर्वोतम सिमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४७ करोड २९ लाख बराबरको सेयर कारोबार भएको छ। 

Comments

Back to top