नेप्से इन्ट्राडे अपडेट: ३.३६ अंकको गिरावट!
सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ३.३६ अंकले घटेको छ।
दुई घण्टामा नेप्से ३.३६ अङ्कले घटेर २०१४.९६ मा आएको हो। २९७ कम्पनीको ३,२८२,५०७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ३२ करोड ९६ लाख बराबरको कारोबार भएको छ।
यसदिन टप गेनरमा माइ खोला हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ९.४१% वृद्धि भएको छ भने टप लुजरमा रिभर फल्स् पावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.९८% ले घटेको छ।
Comments