'आईएमई पे' अफर : अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शतप्रतिशत 'क्यासब्याक' र पुरस्कार जित्ने माैका

नेपालको पहिलो डिजिटल वालेट 'आईएमई पे' ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकलाई लक्षित गरी 'जेट सेट रिवार्ड' नामक अफर ल्याएको छ । यो अफरअन्तर्गत आईएमई पे एपमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा शतप्रतिशत 'क्यासब्याक' का साथै अन्य पुरस्कार पनि जित्ने मौका पाउने कम्पनीले जनाएकाे छ ।

यही चैत ६ गतेदेखि जेठ मसान्तसम्म तीन महिनाका लागि चल्ने याे अफरका तीन जना विजेताको नाम 'आईएमई पे' को सामाजिक सञ्जालमा सार्वजनिक हुनेछ । यसमा पहिलो विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको शतप्रतिशत 'क्यासब्याक' पाउनेछन् । दोस्रो विजेताले 'द लेकसाइड रिट्रिट'- पोखराको प्याकेज जित्न सक्ने तेस्राे विजेताले 'चन्द्रागिरि हिल्स रिजोर्ट' को 'प्याकेज' जित्ने मौका पाउने 'आईएमई पे' ले जनाएकाे छ ।

यसका साथै 'आईएमई पे' मार्फत टिकट खरिद गर्ने ग्राहकले हरेक हवाई टिकटमा उच्चतम 'रिवार्ड पोइन्ट' पनि प्राप्त गर्न सक्नेछन् । एजेन्सी

Comments

Back to top