मनकामना स्मार्ट लघुवित्तको चैत २९ गते वार्षिक साधारण सभा

चैत २९ गते मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ । यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सन्नेछन् ।

यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ । गत भदौमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी  समझदारी  भएको हो । उक्त साधारणसभा, होटल पौवा सिद्धार्थनगर–६, रुपन्देहीमा बस्नेछ ।

Comments

Back to top