यी हुन् फोलिक एसिडले भरपूर खानेकुरा, जुन हामीलाई आवस्यक छ

फोलिक एसिड एकप्रकारको बी कम्प्लेक्स भिटामिन फोलेट हुन्छ जो शरीरको लागि एकदमै आवश्यक हुन्छ । धेरैले सोंच्ने गर्छन् फोलेट र फोलिक एसिड एउटै हुन्छ तर यस्तो हुँदैन ।

यी दुवैले हाम्रो शरीरमा फरक फरक कार्य गर्दछन् । फोलेट भिटामिन बी ९ को प्राकृतिक फर्म हुन्छ जो जनावर तथा विरुवासँग जोडिएको खाद्य पदार्थमा पाइन्छ । फोलिक एसिड भिटामिनको सिन्थेटिक फर्म हुन्छ । यो सप्लीमेन्ट्स र शरीरलाई बलियो बनाउने खाद्य पदार्थमा पाइन्छ ।

फोलिक एसिडले शरीरमा धेरै मुख्य मुख्य कार्यहरु गर्दछ । यसले डीएनएलाई सिन्थेसाइज गरेर रक्तकोशिका बनाउन मद्दत गर्छ । गर्भावस्थामा महिलालाई फोलिक एसिडको अति आवश्यकता हुन्छ । यसले आमा र बच्चालाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले प्रेग्नेन्सीमा महिलालाई फोलिक एसिड प्रसस्त पाइने खानेकुरा खाने सल्लाह दिइन्छ ।

आधा कप पारेको ब्रोकाउलीमा करीब ५२ माइक्रोग्राम फोलिक एसिड हुन्छ । तपाई यसलाई काँचो वा पाकेको दुवै तरिकाले आफ्नो खानामा सामेल गर्न सक्नुहुन्छ ।

गर्भावस्थामा महिलाले राजमा (सिमी दाल) पनि आफ्नो खानामा समावेश गर्नुपर्छ । यसले बच्चाको स्वास्थ्यलाई राम्रो बनाएर उसलाई विकसित गर्न मद्दत गर्छ । १०० ग्राम राजमामा ४६ माइक्रोग्राम फोलिक एसिड हुन्छ ।

नट्स तथा सीड्स यदी आफ्नो खानामा समावेश गर्नुभयो भने यसले स्वास्थ्यलाई राम्रो बनाउँछ । ५० ग्राम सूर्यमुखीका बीजमा ८२ माइक्रोग्राम फोलिक एसिड हुन्छ ।

एउटा एवोकाडोमा १६२ माइक्रोग्राम फोलिक एसिड हुन्छ । यो शरीरमा एक दिनमा लिइने फोलिक एसिडमा करीब ४१ प्रतिशतको मात्रा पुरा गर्छ । यसमा भिटामिन सी, फैटी एसिड, फस्फोरस, पोटाशियम तथा एन्टी अक्सीडेन्ट्स पाइन्छ ।

एउटा मध्यम साइजको केरामा २३.६ माइक्रोग्राम फोलिक एसिड हुन्छ । एउटा सानो मेवामा ५८ माइक्रोग्राम फोलिक एसिड हुन्छ । यसबाहेक एउटा मध्यम साइजको सुन्तलामा २९ माइक्रोग्राम फोलिक एसिड हुन्छ । एजेन्सी

Comments

Back to top