नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चैत २० गते साधारण सभा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चैत २० गते मंंगलबार साधारण सभा बस्ने भएको छ । बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको हो ।

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुनेछ ।

साथै, साधारण सभाले संस्थापकतर्फ ४ जना र सर्वसाधारण २ जना सञ्चालक निवार्चन गर्नेछ । साधारण सभा सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गरेको छ । तसर्थ फागुन २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

Comments

Back to top