सन् २०३० सम्ममा भारतले ३० प्रतिशत विद्युतीय सवारी साधन बजारमा ल्याउने

भारतले सन् २०३० सम्ममा सवारी साधन बिक्रीको ३० प्रतिशत हिस्सा विद्युतीय सवारी साधनको लागि प्रत्याभूत गर्ने लक्ष्य राखेको ‘केयर एज रेटिङ्स’ले जनाएको छ ।

भारत सरकारले वैकल्पिक इन्धन पूर्वाधारको विकासलाई प्रोत्साहन गर्न योजनाहरू सुरु गरिसकेको र सन् २०३० सम्ममा यसको उत्कृष्ट प्रभाव देखिने जनाइएको छ ।

सवारी साधनहरूको माग वैकल्पिक इन्धन प्रयोगतिर गइरहेको समयमा भारतले विद्युतीय सवारी साधनको मागलाई सम्बोधन गर्ने नीति लिएको उक्त संस्थाले गरेको अध्ययनले देखाएको हो ।

कुल सवारी साधन बिक्रीमध्ये पेट्रोलबाट चल्ने सवारी साधनको बिक्रीको हिस्सामा उल्लेखनीय गिरावट मापन गरिएको छ । सवारी बिक्रीको तथ्याङ्कले पेट्रोलबाट चल्ने सवारी साधनको बिक्रीको हिस्सा सन् २०२० मा ८६ प्रतिशत रहेकोमा सन् २०२३ मा १० प्रतिशत कमी अर्थात् ७६ प्रतिशतमा घटेको देखाएको छ ।

डिजेलबाट चल्ने सवारी साधनहरूको अंश सन् २०२० मा १२ प्रतिशत रहेकोमा सन् २०२३ मा ११ प्रतिशतमा सीमित भएको छ । एजेन्सी

Comments

Back to top