डिशहोम फाईबरनेटको ‘क्याच द बिग अफर’ सार्वजनिक

डिशहोम फाईबरनेटले ‘क्याच द बिग अफर’ योजना सुरु गरेको छ। यस योजना अन्तर्गत, ग्राहकहरूले अब अपत्यार लाग्दो मूल्यहरूमा उत्कृष्ट सेवा सहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्नेछन्।

१०० एमबीपीएस इन्टरनेट प्याकेज मात्र ७,५२२ रूपैयाँमा ग्राहकहरूले १२ महिनाको लागि प्राप्त गर्न सक्छन्, जबकि २०० एमबीपीएस प्याकेजको मूल्य मात्र ७,७८८ रूपैयाँ उही अवधिको लागि रहेको छ भने अझ छिटो गति खोज्नेहरूले मात्र ९,९१२ रूपैयाँमा १२ महिना कै लागि ३०० एमबीपीएस प्याकेज रोज्न सक्छन् । यती मात्र नभएर डिशहोम फाईबरनेटले प्रत्येक प्याकेजको साथ निःशुल्क फाइभ-जी राउटर पनि प्रदान गर्दैछ ।

यो अफरको घोषणा नेपाल र आयरल्याण्ड वुल्भ्स बीचको उद्घाटन खेलसँगै कम्पनीले गरेको हो । बजेट-अनुकूल मूल्यहरूमा प्रिमियम गुणस्तरको इन्टरनेट सेवाहरूमा क्रान्तिकारी परिवर्तन गर्ने डिशहोम फाईबरनेटको प्रतिबद्धतालाई संकेत गर्दछ। यो गज्जबको अफर प्राप्त गर्न, इच्छुक व्यक्तिहरूले आफ्नो नजिकको डिशहोम फाईबरनेट डिलर कहाँ वा ०१-५९७०३६५ मा सम्पर्क गर्न सकिने छ।

 

Comments

Back to top