डेढ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै यूनाइटेड अजोड इन्स्योरेन्स

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले एक लाख ४९ हजार ११६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।

कम्पनीले संस्थापक शेयरधनी सन्दीप खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र जुली चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता शेयर बिक्रीमा ल्याएको हो।

यस शेयरमा हाल संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयरको मूल्य प्रतिकित्ता २७० रुपैयाँ तोकिएको छ भने शेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम पाँच हजार कित्ता हुनुपर्नेछ ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय सि.टि.सि. मल सन्धारा काठमाडौंमा खरिद गर्न चाहेको कित्ता संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

Comments

Back to top