नेप्सेमा १७.०१ अंकको गिरावट, २०४ कम्पनीको सेयर मूल्य घट्यो !

सोमबार नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०४ कम्पनीको कुल ७० लाख ६१ हजार ०१२ कित्ता सेयर २ अर्ब ४८ करोड ९१ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ३७ कम्पनीको सेयर मूल्य बढेको छ, २०४ कम्पनीको मूल्यमा गिरावट छ भने, ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ९ उपसमूहको परिसूचक  घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा बोट्लर्स नेपाल (बालाजु) लिमिटेड रहेको छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा गुर्खाज फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ९० लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top