एक्स-रेको अविष्कार कसरी भयो ?

के हो एक्सरे?
एक्सरेलाई न त देख्न सकिन्छ न त महसुस गर्न सकिन्छ । यसले छाला, हड्डी तथा धातुलाई सहजै पार गर्न सक्छ। एक्सरेको प्रयोग टुटेको हड्डीको तस्बिर लिन, रेडिएशन थेरापीमा तथा विमानस्थलमा यसको प्रयोग गरिन्छ।

को हुन् एक्सरेको आविष्कारक?                         सन् १८८५ मा जर्मनीको लेनेप नामक स्थानमा जन्मेको विल्हेम राँन्टजनले एक्सरेको आविष्कारक गरेका हुन्।

कसरी भयो एक्सरेको अविष्कार?

एक्सरेको आविष्कारको कहानी बडो रोचक छ। राँन्टजनले आफ्ना प्रयोगशालामा एक कैथोड रे ट्युबमाथि केही परीक्षण गर्दै थिए। उनले पर्दा गिराएर प्रयोगशाला अध्याँरो पारेका थिए  र उक्त ट्युबलाई कालो रंगको डिब्बाले ढाकेको थियो। राँन्टजनले देखे कि ट्युबको नजिकमा राखिएको केही बेरियम प्लाटीनो साइनाइडको टुक्राबाट एक प्रकारको चम्किलो प्रकाशको किरणहरु निस्कँदै थियो।

यो देखेर राँन्टजन हैरान भए किनभने टुयुबलाई कालो डिब्बाले ढाकेको थियो र कैथोड विकिरण बाहिर निस्किने कुनै बाटो नै थिएन। उनलाई यो विश्वास भयो कि ट्युबबाट केही अज्ञात विकिरणहरु निस्किरहेका छन्। राँन्टजनले एक फोटो फिल्मको डिवैल्प गरेर हेर्दा प्लेटमा हातको हड्डी स्पष्ट रुपले देखिएको थियो र त्यसको वरिपरि मांसपेशी देखिएको थियो।

राँन्टजनको पत्नीले औंठी लगाएकी थिइन्। एक्सरेबाट लिएको उनको हातको चित्रमा औठी स्पष्ट रुपमा देखिएको थियो। यो पहिलो अवसर थियो कि कुनै जीवित व्यक्तिको हातको चित्र लिएको थियो।
यो विकिरण जीवनपयोगी छ तर शरीरमा यसको घातक प्रभाव पनि हुन्छ। एजेन्सी

Comments

Back to top