नेप्सेमा १५.३७ अंकको गिरावट, सेयर कारोबार ४ अर्ब ३१ करोड !

बिहिबार नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३१५ कम्पनीको कुल १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर ४ अर्ब ३१ करोड ३० लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ४८ कम्पनीको सेयर मूल्य बढेको छ, १८८ कम्पनीको मूल्यमा गिरावट छ भने, ८ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक  घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

 

यस दिन टप गेनरमा धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा माछापुच्छ्रे बैँक लिमिटेडको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब २१ करोड ३२ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top