बुधबार पनि नेप्सेमा गिरावट, सेयर कारोबार ३ अर्ब ४९ करोड !

बुधबार नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३.९५ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०५ कम्पनीको कुल ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर ३ अर्ब ४९ करोड ६२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ९४ कम्पनीको सेयर मूल्य बढेको छ, १४७ कम्पनीको मूल्यमा गिरावट छ भने, ४ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक  घटेको छ भने ३ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र गुर्खाज फाइनान्स लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा बोट्लर्स नेपाल (बालाजु) लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.३२% ले घटेको छ। कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ५२ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा लक्ष्मी इक्विटी फण्डको सबैभन्दा धेरै कारोबार भएको छ।

Comments

Back to top