मंगलबार नेप्सेमा ६.२४ अंकको गिरावट, सेयर कारोबार ३ अर्ब ६३ करोड !

मंगलबार नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०७ कम्पनीको कुल ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर ३ अर्ब ६३ करोड ३९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १०४ कम्पनीको सेयर मूल्य बढेको छ, १२८ कम्पनीको मूल्यमा गिरावट छ भने, ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक  घटेको छ भने ३ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र सर्वोतम सिमेन्ट लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा सिद्धार्थ इन्भेष्मेन्ट स्किम २ रहेकाे छ जसको सेयर मूल्य ७.०८% ले घटेको छ। कारोबार रकमका आधारमा शिवम सिमेन्टस् लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड ९७ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा लक्ष्मी इक्विटी फण्डको सबैभन्दा धेरै कारोबार भएको छ।

Comments

Back to top