नेप्से परिसूचक ३.२७ अंकले वृद्धि!

सोमबार नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०३ कम्पनीको कुल ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर २ अर्ब ८८ करोड ५६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १४८ कम्पनीको सेयर मूल्य बढेको छ, ८५ कम्पनीको मूल्यमा गिरावट छ भने, १० कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ९ उपसमूहको परिसूचक  घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

 

यस दिन ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.१५% ले घटेको छ। कारोबार रकमका आधारमा गुर्खाज फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड १४ लाख बरबारको सेयर कारोबार भएको छ।भोल्यूमका आधारमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ।

Comments

Back to top