कुनबेला तातो र कुनबेला चिसो पानी पिउने?

प्राचीन स्वास्थ्य प्रणाली आयुर्बेदमा पनि शरीरलाई स्वस्थ राख्न तातो पानीको महत्व दर्शाइएको छ। तसर्थ कुनै निश्चित अवसरमा चिसो पानी भन्दा तातो पानीले नै शरिरलाई कल्याण गर्छ।

सामान्यतया पानी तातो नै पिउनु उपयुक्त हुन्छ। चिसो पानी पिउने अवस्थामा पनि उमालेर चिसो भएको पानी पिउनु पर्छ।

व्यायामको समयमा
व्यायायमको समयमा शरिरको तापक्रम उच्च बिन्दुमा पुग्छ। शरिरमा बगेको पसिनाले पनि शरिरलाई केही हदसम्म शितलता प्रदान गर्छ। तर चिसो पानी पिउँदा शरिरको सम्पूर्ण तापक्रमलाई सामान्य बनाउँछ। यो अवस्थामा तातो भन्दा चिसो स्वास्थ्यका लागि हितकार हुन्छ।

ज्वरो आउँदा
ज्वरो आउँदा चिसो पानी तपाईको शरिरको तपाक्रमलाई न्यून गर्ने एउटा उपाय हुन सक्छ। ज्वरो आउँदा शरिरको तापक्रम बढ्ने भएकोले हाइड्रेड रहन पनि पानी पिउनै पर्छ। धेरै तातो शरिरमा चिसो पानी पिउदा केही हदसम्म राहत पनि मिल्छ।

तौल घटाउँदा
चिसो पानीले मेटाबोलिजमलाई सशक्त बनाउने र हरेक दिन थप ७० क्यालोरी पगाल्न सहयोग पुग्छ। तसर्थ मोटा व्यक्तिले तातो भन्दा चिसो पानी पिउदा शरिरको तौल घटाउन सहयोग मिल्छ।

बिहानको समय
बिहान उठेपछि प्रायले कफी, चिया तथा तातो पानी खान्छन्। आर्यर्बेदमा उल्लेख भए अनुसार बिहानै तातो पानी खाँदा पाचन प्रणालीलाई सहयोग मिल्छ। चिसो तरल पर्दाथ र खानेकुरालाई तातो राप प्रदान गरी खानालाई पचाउन शरिरले बढी ऊर्जा खर्च गर्नुपर्ने भएकोले चिसो भन्दा तातो पानी उपयुक्त हुन्छ। तसर्थ पाचन कमजोर भएकाहरुले कहिल्यै पनि चिसो पानी (खाना खाँदा) खानु हुँदैन्।

पीडाको अवस्थामा
शारीरिक पीडा जस्तै टाउको दुख्ने, वान्ता आउने समस्या छ भने चिसो भन्दा तातो पानी नै उपयुक्त हुन्छ। तातो पानीले शरिरका तन्तुहरुसम्म रगतको प्रवाहलाई प्रभावकारी ढंगले पुयाउन तातो पानी खानु शरिरका लागि फाइदाजनक हुन्छ। मासिक धर्मका समयमा मांशपेशी र पेट दुख्ने समयमा तातो पानी एक प्रकारको औषधी नै हो।

पाचन सहज बनाउन
कब्जियत हुँदा मन तातो पानी खाँदा शरिरको विकार फाल्न सहयोग मिल्छ। कब्जियतको मुख्य कारक डिहाइड्रेसन हो। तसर्थ यस्तो अवस्थामा पर्याप्त मात्रामा पानी लगायतका तरल पदार्थ पिउनु पर्छ। तातो पानीले रक्त प्रबाहलाई सशक्त बनाउँछ। चिसो भन्दा तातो पानीले आन्द्रालाई पनि सहज र शान्त बनाउँछ।

एजेन्सी

 

 

 

Comments

Back to top