युक्रेनी सेनाले सार्वजनिक गर्यो ५ जना नेपाली युद्धबन्दी
युक्रेनी सेनाले ५ जना नेपालीसहित ८ जना विदेशी सैनिकलाई सार्वजनिक गरेको छ।
रसियासँगको युद्धका क्रममा बन्दी बनाइएकाहरुमा राजापुर नगरपालिका-१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ-२ का विकास राई, दाङका प्रतीक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने रहेका छन्।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार युक्रेनी सेनाले सार्वजनिक गरेकामा ५ नेपाली, तीन क्युबाली तथा एक-एकजना सोमालिया र सियरालियोनाका नागरिक छन्।
तेस्रो देशका नागरिक युद्धमा सामेल नहुन् भन्ने उद्देश्यका साथ उनीहरूलाई सार्वजनिक गरिएको युक्रेनले जनाएको छ ।
Comments