नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६ लाख कित्ता सेयर बिक्रीमा

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थापक सेयरधनी बोध प्रसाद त्रिपाठीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज चैत ४ गते बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

बैंकको रजिष्टर्ड कार्यालय, बानेश्वर काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।

उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

Comments

Back to top