सर्वोत्तम सिमेन्टको आइपिओ लगानीकर्ताको डिम्याट खातामा

सर्वोत्तम सिमेन्टले आइपिओ लगानीकर्ताको डिम्याट खातामा पठाउन सुरु गरेको छ ।

फागुन २५ गते आइपिओ बाँडफाँड भएको कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर गोलाप्रथा मार्फत ५५ हजार ५ सय २१ जनामा बाँडफाँड गरिएको थियो । अब नेप्सेमा सूचीकृत भएपश्चात् त्यसको भोलिपल्ट देखि कम्पनीको दोस्रो बजारमा कारोबार खुल्नेछ। आइतबार नै उक्त आइपिओ सूचीकृत भई सोमबारदेखि कारोबारमा आउन सक्ने जनाइएको छ।

नेप्सेले सर्वोत्तम सिमेन्टको आइपिओलाई कम्पनीको नेटवर्थ १७१.७४ रुपैयाँ देखि अधिकतम ५१५.७४ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत प्रतिकित्ता ३६०.९० रूपैयाँमा आइपिओ जारी गरेको थियो । अधिकतम मूल्यमा ओपनिङ भए लगानीकर्ताले पहिलो दिनमै करकट्टी बाहेक साढे ७ हजार बढी नाफा कमाउनेछन्।

 

Comments

Back to top