६ कम्पनीहरु हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा

हकप्रद शेयर निष्काशनको माग राख्दै आवेदन दिएका ६ कम्पनीहरुको हकप्रद शेयर निष्काशन नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन् । प्रभु महालक्ष्मी लाइफसहित ६ कम्पनी हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृति कुरेर बसेका हुन् ।

जसमा लिवर्टी इनर्जी कम्पनी लिमिटेडले १ः०.५ को अनुपातमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १ः१ अुनपातमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशनको अनुमति मागेको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १०ः६.६ को अनुपातमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्काशनको माग राखेर बोर्डमा निवेदन दिएको छ ।

त्यसैगरी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १ः०.६५ को अनुपातमा २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबरको २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्काशनको माग राखेको छ ।

Comments

Back to top