आज नेप्सेमा २७.८४ अंकको गिरावट, सेयर कारोबार ३ अर्ब ९४ करोड!

बिहिबार नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०३ कम्पनीको कुल १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर ३ अर्ब ९४ करोड ३५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ४४ कम्पनीको सेयर मूल्य बढेको छ, १९६ कम्पनीको मूल्यमा गिरावट छ भने, ४ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक  घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.०२% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५० करोड ८९ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top