बुधबार नेप्से २.४८ अंकले घट्यो, सेयर कारोबार ४ अर्ब २४ करोड!

बुधबार नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३१० कम्पनीको कुल १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर ४ अर्ब २४ करोड ८५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ९४ कम्पनीको सेयर मूल्य बढेको छ, १३३ कम्पनीको मूल्यमा गिरावट छ भने, १६ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्टस लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड ५३ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top