आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आज वार्षिक साधारण सभा बस्दैछ। वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते बुक क्लोज गरिसकेको छ । फागुन १० गतेसम्म सेयर किन्ने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश र सभामा भाग लिन पाउँनेछन् । साधारण सभा लिसारा रिसेप्सन, भगवती बहाल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

Comments

Back to top