सात्विक भोजनका सात फाइदा

सात्विक भोजनमा माछा मासु त हुँदैन साथमा यसमा प्याज लसुन तथा विभिन्न चिजहरू पनि खाइँदैन । यसमा एकदमै सादा खानपान हुन्छ जसले शरीरलाई लाभ दिने गर्छ ।

यदि, तपाईं पनि सात्विक भोजन खाएर आफ्नो शरीरमा परिवर्तन ल्याउन चाहनुहुन्छ भने जानौं यसको सेवनले हुने फाइदाहरूका बारेमा–

– पाचनका लागि सात्विक भोजन एकदमै लाभदायक मानिन्छ । किनकि, यसमा फाइबरको मात्रा अत्यधिक हुन्छ, जसले पाचनतन्त्रलाई राम्रो गराउन सहयोग गर्छ।

– सात्विक भोजन गर्नाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । जसले कैयौं बिमारीहरूसँग लड्ने क्षमता प्रदान गर्छ । यसका लागि सात्विक भोजनभित्र पर्ने प्रोटिनलाई पनि तपाईं अवश्य समावेश गराउनुहोस् ।

– तौल कम गर्नका लागि पनि सात्विक भोजन एकदमै राम्रो विकल्प हो । यसक्रममा तपाईं आफ्नो खानपानमा कम क्यालोरी भएको खाना खान सक्नुहुन्छ ।

– सात्विक भोजनले हाम्रो शरीरबाट थकान र अल्छीपनालाई कम गर्छ । यसबाहेक शरीर पूरा दिनभर ऊर्जावान् बनिरहन्छ ।

– सात्विक भोजनले शरीरलाई डिटक्स गर्न एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले टाउको दुख्ने, थकान तथा विभिन्न छालाको समस्यामा पनि फाइदा दिन्छ ।

– सात्विक भोजन तपाईंको शारीरिक तथा मानसिक दुवै स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । यसले मनलाई शान्त राख्नमा पनि एकदमै सहयोग गर्छ ।

– सात्विक भोजनले शरीर बाहेक छालालाई स्वस्थ राख्न पनि सहयोग गर्छ । किनकि, सात्विक भोजन जस्तै फल तथा तरकारी आदिले छालालाई चम्किलो बनाउनका साथै मुलायम पनि बनाउँछ ।

Comments

Back to top