नेप्सेमा ५८.५८ अंकको वृद्धि, सेयर कारोबार ४ अर्ब ५५ करोड!

मंगलबार नेप्से परिसूचक ५८.५८ अंकले बढेर २१११.२४ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०५ कम्पनीको कुल १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर ४ अर्ब ५५ करोड १६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २२० कम्पनीको सेयर मूल्य बढेको छ, २२ कम्पनीको मूल्यमा गिरावट छ भने, ४ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ ।

प्रमुख कारोबार

यस दिन ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा हिमालयन ८०-२० रहेकाे छ जसको सेयर मूल्य २.५७% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा शिवम् सिमेन्टस लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड १९ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top