दुई कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज (फागुन २९) गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले भोलि बुक क्लोज गर्दैछन् ।

नेशनल लघुवित्तको दशौं वार्षिक साधारण सभा चैत्र १६ गते शुक्रबार धुलिखेल लज रिसोर्ट धुलिखेल, काभ्रेपलाञ्चोकमा विहान साढे १० बजेदेखि सुरु हुनेछ।

सभाले कम्पनीको हाल कायम चुक्ता पूँजी (एक अर्ब आठ करोड ४२ लाख छ हजार २१९ रुपैयाँ) को ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी जम्मा १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

माउन्टेन इनर्जी नेपालको दशौं वार्षिक साधारण सभा चैत्र १३ गते मंगलबार अम्रपाली बैङ्क्वेट क्याटेरिङ एण्ड इभन्ट, भाटभटेनी, काठमाडौंमा विहान साढे १० बजेदेखि सुरु हुनेछ ।

सभाले गत आवको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत अर्थात २९ करोड ५२ लाख चार हजार ५० रुपैयाँ बोनस शेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत अर्थात एक करोड ५५ लाख ३७ हजार ५७३ रुपैयाँ नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

Comments

Back to top