नेप्सेमा २२.१० अंकको वृद्धि, २ अर्ब ९२ करोडको कारोबार!

आइतबार नेप्से परिसूचक २२.१० अंकले बढेर २०५२.६५ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०४ कम्पनीको कुल ७० लाख ४३ हजार ४५७ कित्ता सेयर २ अर्ब ९२ करोड २७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १९४ कम्पनीको सेयर मूल्य बढेको छ, ४६ कम्पनीको मूल्यमा गिरावट छ भने, ४ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र जलपा सामुदियक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा चिरख्वा हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.०६% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा शिवम् सिमेन्टस लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ९३ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top