हरियो टमाटर खाँदा पनि हुन्छ फाइदैफाइदा

हामीले रातो टमाटर नै खानका लागि प्रयोग गर्छौं । टमाटर पाकेपछि मात्र सेवन गर्ने भन्ने मान्यता छ । तर, हरियो टमाटर खाँदा पनि उत्तिकै फाइदा हुन्छ भन्दा तपाईं अचम्म पर्नुहोला ।

रातो टमाटरको तुलनामा हरियो टमाटरमा भिटामिन सीको मात्रा धेरै हुन्छ । त्यसैले यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो बन्छ ।

हरियो टमाटरलाई तपाईं काँचै सलादको रुपमा पनि खान सक्नुहुन्छ । यसले तपाईंको छालामा पनि निखार ल्याउँछ ।

भिटामिन्सले भरिपूर्ण हरियो टमाटर आँखाको स्वास्थ्यका लागि पनि एकदमै प्रभावकारी छ । यसको दैनिक सेवनले आँखासँग जोडिएका समस्या कम हुन्छन्।

हरियो टमाटरमा फाइबरको मात्रा अधिक हुन्छ जसले गर्दा यसको सेवनले पाचन प्रणाली राम्रो हुन्छ ।

भिटामिन सी र अन्य पोषक तत्वले भरपूर हरियो टमाटर मुटुको स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक हुन्छ ।

हरियो टमाटरमा हुने फस्फोरस, आइरन तथा पोटाशियमले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न एकदमै असरदार हुन्छ ।

त्यस्तै रातो टमाटरले जसरी हरियो टमाटरले पनि छालालाई सूर्यको हानिकारक किरणबाट बचाउन सहयोग गर्छ । यसका लागि तपाईं हरियो टमाटर काटेर अनुहारमा लगाउन सक्नुहुन्छ ।

Comments

Back to top