सर्वाेत्तम सिमेन्टको आईपीओ आज बाँडफाँड हुँदै

सर्वोत्तम सिमेन्टको आईपीओ आज फागुन २५ गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बाँडफाँड शुक्रबार बिहान १० बजे हुनेछ ।

यसमा साढे ९ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको आईपीओमा १० लाख १५ हजार २११ जनाले आवेदन दिएकोमा ९ लाख ५९ हजार ६९० जनाको हात खालि हुनेछ ।

कम्पनीले स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । आइपीओमा अन्तिम दिनसम्म ५ करोड ३७ लाख ७७ हजार ८७० कित्ता बराबरको १९ अर्ब ४० करोड ८४ लाख ३३ हजार रुपैयाँ संकलन भएको हो ।

माग भन्दा १९.३७ गुणा बढी आवेदन परेको हुँदा आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा ५५ हजार ५२१ जनाले ५०–५० कित्ताका दरले आईपीओ हात पार्ने छन् । सो मध्यका २ जनाले भने थप १–१ कित्ता गरी ५१ कित्ता शेयर पाउनेछन् ।

Comments

Back to top