नेप्सेमा १३.५१ अंकको वृद्धि, ३ अर्ब १९ करोडको कारोबार!

बिहिबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २०३०.५५ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०९ कम्पनीको कुल ८९ लाख २९ हजार १५२ कित्ता सेयर ३ अर्ब १९ करोड ९२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १७६ कम्पनीको सेयर मूल्य बढेको छ, ५९ कम्पनीको मूल्यमा गिरावट छ भने, ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। 

प्रमुख कारोबार

यस दिन टप गेनरमा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा एनआइसी एशिया ग्रोथ फण्ड २ रहेकाे छ जसको सेयर मूल्य ६.२१% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोमोटर सेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५६ करोड २० लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top