कालिका लघुवित्तको साधारण सभा आज बस्दै

कालिका लघुवित्त वित्तीय संस्थाको १४ औं वार्षिक साधारण सभा आज (फागुन २४ गते) बस्दैछ । कम्पनीको सभा होटल टास्क इन्टरनेसनल प्रालिको सभाहल, बुद्धचोक, कास्कीमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै, नाफा–नोक्सान तथा नगद प्रवाह लगायतका विषय छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालु आवको लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना महिला संचालकको निर्वाचन गर्नेछ ।

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १४ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार फागुन १३ गतेसम्म नेप्समा कारोबार भइ कायम शेयरधनी सभामा उपस्थित हुन सक्नेछन् ।

Comments

Back to top