२० सदस्यीय बन्यो मन्त्रिमण्डल

नयाँ सत्ता गठबन्धनबाट मन्त्री बनेका १६ जनाले शपथ लिएका छन् । यो सँगै मन्त्रिमण्डल २० सदस्यीय भएको छ ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाए । यसअघि मंगलबार तीन मन्त्रीले शपथ लिएका थिए ।

सरकारमा तीन जना उपप्रधानमन्त्री बनाइएको छ । जनता समाजवादी पार्टीका उपेन्द्र यादव सहभागी भए चार उपप्रधानमन्त्री बनाउने तयारी छ ।

आज भने नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका मन्त्रीहरुले शपथ लिएका छन् ।

कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

नेकपा (एमाले)

रघुवीर महासेठ – उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी – कानून, न्याय तथा संसदीय मामिला
हरि उप्रेती – रक्षा
भगवती चौधरी – महिला बालबालिका
राजेन्द्र राई – खानेपानी
दामोदर भण्डारी – उद्योग
ज्वालाकुमारी साह – कृषि
बलराम अधिकारी – भूमि व्यवस्था

नेकपा (माओवादी केन्द्र)

नरायणकाजी श्रेष्ठ – उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन – अर्थ
शक्ति बस्नेत – ऊर्जा
रेखा शर्मा – सञ्चार
हितबहादुर तामाङ – पर्यटन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रवि लामिछाने – उपप्रधान तथा गृह
डोलप्रसाद अर्याल – श्रम
विराजभक्त श्रेष्ठ – युवा तथा खेलकुद
सुमना श्रेष्ठ – शिक्षा

एकीकृत समाजवादी 

भानुभक्त जोशी -संघीय मामिला तथा सामान्य प्रशासन

धनबहादुर बुढा-शहरी विकास

Comments

Back to top