बुधबार नेप्सेमा ९.३३ अंकको वृद्धि, ३ अर्ब ४५ करोडको कारोबार!

बुधबार नेप्से परिसूचक ९.३३ अंकले बढेर २०१७.०३ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०८ कम्पनीको कुल ९१ लाख ३८ हजार १५४ कित्ता सेयर ३ अर्ब ४५ करोड ८ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १७५ कम्पनीको सेयर मूल्य बढेको छ, ६२ कम्पनीको मूल्यमा गिरावट छ भने, ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। 

प्रमुख कारोबार

 

यस दिन टप गेनरमा डोल्टी पावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.७१% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ३७ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top