प्रिओपन सेसनमा नेप्सेमा १.२३ अंकको वृद्धि !

बुधबार प्रिओपन सेसनमा नेप्से १.२३ अंकले बढेको छ।

मंगलबार ७०.३१ अंकले घटेर २००७.६९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २००८.९२ मा खुलेको हो। कुल १,४६१ कित्ता सेयरको खरिदबिक्री करिब ५ लाख ४५ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका २२ कम्पनीमध्ये ११ को मूल्य बढ्यो भने ९ को मूल्य घट्यो। बाँकी २ कम्पनीको मूल्य भने कुनै परिवर्तन छैन।

यस अवधीमा कुल २८ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top