नेरुडे र मिर्मिरे लघुवित्तले फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्दै

नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएर फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिइसकेको छ ।

यस्तै, धितोपत्र बोर्डले पनि कात्तिक २४ बोर्डले मर्जरका लागि स्वीकृति दिएको हो । दुवै संस्था मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार हुनेछ । दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं ८ काभ्रेपलाञ्चोकमा रहने छ ।  फागुन ३० गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै कम्पनीको फागुन २९ गते सबै सेवाहरु अवरुद्ध हुनेछन् ।

Comments

Back to top