इचेर्सको इन्जिन आयल अब नेपालमा पनि !

 बतास एमएडब्लु कमार्सिअल भेईकल प्रालिले इचेर्सको इन्जिन आयल नेपालमा ल्याएको छ।

कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतासले इचेर्सको इन्जिन आयल नेपाल भित्रिएको जानकारी दिँदै इन्जिन आयल र स्पेयर पार्ट्ससहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्य रहेको बताए।

गुणस्तरीय लुब प्रयोग गरि गाडीको कार्य क्षमता बढाउनुका साथै अधिकतम कार्यसम्पादन, दीर्घायु र दक्षता सुनिश्चित गर्न ग्राहकहरूका लागि इचेर्स उत्पादकहरूले सिफारिस गरेका वास्तविक लुब्रिकेन्टहरू प्रयोग गर्नुपर्ने कम्पनीले दाबी गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले इचेर्सद्वारा उत्पादित इन्जिन आयल, ट्रान्समिसन आयल, इन्डष्ट्रियल आयल लगायत नेपाली बजारमा उपलब्ध रहेको जानकारी दिए।

फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट लगायत सबै सवारी साधनमा सो इन्जिन आयल प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

Comments

Back to top