लुम्बिनी शिखर सम्मेलन स्थगित

लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना हुने तय भएको ‘लरेट्स एन्ड लिड्स’ शिखर सम्मेलन स्थगित गरेको छ ।

मंगलबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही फागुन २८ र २९ गतेका लागि तय भएको शिखर सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो । विशेष कारणवश सम्मेलन स्थगित गर्नुपरेको प्रदेश सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए ।

Comments

Back to top