मंगलबार ७०.३१ अंकले घट्यो नेप्से !

मंगलबार नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७.६९ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३१६ कम्पनीको कुल १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर ४ अर्ब ११ करोड ३६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ३३ कम्पनीको सेयर मूल्य बढेको छ, २१३ कम्पनीको मूल्यमा गिरावट छ भने, २ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ। 

प्रमुख कारोबार

यस दिन टप गेनरमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.७३ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा बोट्लर्स नेपाल (बालाजु) लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ९१ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top