नेप्से इन्ट्राडे अपडेट: ५३.१८ अंकको गिरावट!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ५३.१८ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ५३.१८ अङ्कले घटेर २०२४.८२ मा आएको हो। २९७ कम्पनीको ६,७३७,२१८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब  ४३ करोड ७९ लाख बराबरको कारोबार भएको छ।

 

यसदिन टप गेनरमा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ४.७७% वृद्धि भएको छ भने टप लुजरमा बोट्लर्स नेपाल (बालाजु) लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।

 

 

Comments

Back to top