गोर्खाज फाइनान्सको चैत २ गते वार्षिक साधारण सभा

आगामी चैत २ गते गोर्खाज फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारण सभामा आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

साथै, पुँजी संरचना परिवर्तन गरेर संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पेश हुनेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

साधारण सभा, अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, बित्तीसपुतली, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ ।

Comments

Back to top