सेयर बजारमा तेस्रोपटक सर्किट ब्रेक, आजका लागि कारोबार बन्द

साताको दोस्रो कारोबार दिन सेयर बजारमा तीनवटा सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार बन्द भएको छ ।

बजार खुलेको ३ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेर २०३९.६० बिन्दुमा पुगेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो र २० मिनेटपछि बजार खुलेको १ मिनेटमै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो ।

त्यसपछि ४० मिनेट बन्द भएर कारोबार खुलेको पुनः १ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६ प्रतिशतले बढेर तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार बन्द भएको हो।

सोमबार सेयर बजारको परिसूचक नेप्से ११७.७० अंक बढेर २०७८.०० अंकमा कायम भएको छ।

 

Comments

Back to top