पोखराको नयाँ बिगमार्ट आउटलेटहरूमा नमस्ते पेबाट भुक्तानी गर्दा छुट पाइने

पोखरामा बिगमार्टका नयाँ पाँच आउटलेटको उद्घाटनको अवसरमा नमस्ते पेले अफर सार्वजनिक गरेको छ । यही फागुन १९ गतेदेखि नयाँ पाँच आउलेट बगर, सीतलादेवी, रामबजार, फूलबारी र फर्साङमा १० प्रतिशत अर्थात् दुई सय रुपैयाँसम्म छुट दिने अभियान सुरु गरेको हो ।

पोखराको नयाँ बिगमार्ट आउटलेटहरूमा भुक्तानी गर्दा स्मार्ट क्युआर स्क्यान गरी नमस्ते पेमार्फत भुक्तानी गर्ने ग्राहकहरूले १० प्रतिशतका दरले दुई सय रुपैयाँसम्म छुट पाउने भएका हुन् । साथै, दैनिक एक भाग्यशाली विजेताले नमस्ते पेको आकर्षक उपहार प्राप्त गर्न सक्ने छन् । यो छुट बिगमार्टको पोखरास्थित सबै आउटलेटहरूमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

Comments

Back to top